बनभोज गएका बैतडीका एक युवक मृत फेला

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा एक युवक मृत फेला परेका छन् । शनिवार साथीहरु संग बनभोज मनाउन गएका जिल्लाको दशरथचन्द नगरपालिका-१० खडेनीका २५ बर्षिय जीवन बुडाल दशरथचन्द नगरपालिकाको चौलानी नदी किनारमा मृत फेला परेका हुन् ।

उनी शनिवार राती ९ बजेतिर चौलानी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका-६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म पिकनिक मनाउन गएको खबर आएको दशरथचन्द नगरपालिका-६, का वडा अध्यक्ष महेन्द्र कार्कीले जानकारी दिनुभयो ।

बुडालको कसरी मृत्यु भयो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?