प्रचण्डलाई ओलीको कटाक्ष : हरियो देख्दा दाम्लो छिनाएर जानेलाई मैले रोक्दा गाह्रै भएको थियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डले धोका दिएको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताउनु भएको हो ।

शहीद परिवार तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरुलाई सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले युद्धका बेलाका साथी, सिपाहीलाई धोका दिएको जनतालाई धोका दिएका प्रचण्डले आफूलाई धोका दिनु ठूलो कुरा नभएको बताउनु भयो ।

‘जनतालाई धोको दिनुभाे, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई ढोका दिनु कुन ठूलो कुरा हाे ?’, उहाँले प्रश्न गर्नुभयो ।

साथै प्रधानमन्त्री प्रचण्डले २ महिना आफूलाई निक्कै गाह्रो भएको भनाइप्रति ओलीले कटाक्ष समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘ दुई महिना साँच्चै गाह्रो भएको थियो उहाँलाई । हरियो देख्नै नहुने दाम्लो छिनाउन खोजेर जान खोज्ने मैले रोक्दिएँ अनि तान्दिएपछि गाह्रै भएको थियो । मलाई थाहा थियो । उहाँ टिक्न सक्नुहुन्न । उहाँका गतिविधि ठीकठाक चलुन् । मसँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन सक्दैन । जहाँ हुन्छ त्यहाँ जानु,’ ओलीले भन्नुभयो ।

ओलीले प्रचण्डलाई ढाँट्न र छकाउन कुनै अप्ठ्यारो नलाग्ने समेत आरोप लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?