पपुवा न्यूगिनीविरुद्ध नेपालले पायो २०४ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिगको त्रिदेशीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई दुई सय चार रनको लक्ष्य दिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले ९ विकेट गुमाएर दुई सय तीन रनको योगफल तयार गर्यो।

दुबई इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनायो। सुरुको ३० ओभरमा १०० रन बनाएको पीएनजीले त्यसपछि २० ओभरमा १०३ रन बनाएको थियो ।

पीएनजीका लागि चाड सोपरले ५३ बलमा दुई चौकासहित अविजित ३६ रन बनाए । नोमान भानुवा १५ बलमा २५ रन बनाएर आउट भए। यसैगरि कप्तान आसाड भाला ५३ बलमा चार चौकासहित ३६ रन जोडेर आउट भए भने सेसे बाउ ५५ बलमा तीन चौकासहित ३१ रन बनाएका थिए ।
यता बलिङ तर्फ नेपालका लागि गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर तीन विकेट लिए। यस्तै, कुशल मल्लले दुई विकेट लिए भने सोमपाल कामी, करण केसी र डेब्युटान्ट प्रतिश जिसीले समान १ विकेट लिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?