हरि राईको ‘आपा आमा’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गीतकार तथा गायक हरि राईको नयाँ गीत ‘आपा आमा’ सार्वजनिक भएको छ । हरिकै शब्द, अशोक मुकारुङको लय र राजु कार्कीको ऐरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

आपा आमाहरूले आफ्ना नानीहरूका लागि कती त्याग र तपस्यागरी हुर्काएका हुन्छ तिनै कुराहरूको आघार मानी तयार पारिएको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस योगेन मुकारुङ र मिक्सिंङ मुस्कान मुकारुङले गर्नुभएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल ‘हरि राई’मार्फत् सार्वजनिक गरिएको छ । भिडियोमा योगेन मुकारुङको छायांकन र जीवन मुकारुङको सम्पादन छ ।

खोटाङ् जिल्ला चुइचुम्पा गाउँपालिका-४ मा जन्मिनुभएका गायक तथा गीतकार हरि विगत दुई दशकदेखि अमेरीकाको बोष्टनमा बसोवास गर्दै आनुभएको छ । परदेशको कार्यव्यस्तताबीच समयलाई सदुपयोग गर्दै उहाँले नेपाली गीतसंगीतमा आफूलाई समर्पित गर्दै आउनुभएको छ ।

उहाँले आधा दर्जन गीतमा स्वर र एक दर्जन गीत लेखिसक्नु भएको छ । छोटो समयको लागि स्वदेश आउनुभएका गीतकार तथा गायक हरिले नयाँ गीत पनि छिट्टै श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?