नुवाकोटमा ग्याँस सिलिन्डर बिस्फोट

हिमालय टाइम्स
Read Time = 1 min

नुवाकोट। नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ ।

बेलकोटस्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन ।

ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर घर पूर्णरुपमा जलेको छ । बिदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?