एनसेलको ‘मज्जाको प्लान’

Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बण्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ । नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ ल्याएको हो । ग्राहकले स्टार्टर प्याक करसहित पाँच सय ९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्याकअन्तर्गत ग्राहकले २० जिबी डाटा र एक सय ५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्नेछन् भने प्राप्त डाटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिन मान्य रहनेछ । साथै प्याक सुचारु गर्ने ग्राहकले दुई सय वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

दुई सयदेखि चार सय ९९ को रिचार्जमा पाँच प्रतिशत बोनस क्यास ब्याक प्राप्त गर्न सक्ने र पाँच सय वा सोभन्दा बढीको रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्ने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्याक सुचारु गर्ने ग्राहकले आकर्षक डाटा र भ्वाइस सेवा बण्डल रहेको प्लान पाँच सय ९९ मै आफ्नो आवश्यकताअनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?