चैत्र १० गतेसम्म सरकार बिस्तार हुन्छः प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गते सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

शुक्रवार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

उहाँले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताउनु भयो । प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि छलफल गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री दाहालले सरकार बिस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बतउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?