भारतमा किरणको टोली पराजित

Read Time = 2 mins

पन्जाब । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मिलित पञ्जाब एफसी भारतीय आई लिगमा पराजित भएको छ । पञ्जाब श्रीनिदी डेक्कनसँग ४-० ले पराजित भएको छ ।

खेलमा किरणले पूरा समय पञ्जाबका लागि खेल्नुभएको थियो । खेलको १२ औँ मिनेटमा श्रीनिदीका लागि सहबाज खानले सुरुवाती गोल गर्नुभएको थियो । डेभिड कास्टानेडा मोनोजले ३०औँ र ८८औँ मिनेटमा दुई गोल थप्नुभयो । यस्तै, दिनेश सिंहले ६२औँ मिनेटमा एक गोल गर्नुभएको थियो ।

पञ्जाबलाई हराउँदै श्रीनिदी आई लिग अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ । पञ्जाब भने दोस्रो स्थानमा झरेको छ । १२ खेलमा श्रीनिदीको २५ अंक छ । एक खेल कम खेलेको पञ्जाबको २३ अंक छ ।

११ खेलमा पञ्जाबले सात खेलमा जित, दुईमा बराबर र दुईमा हार बेहोरेको छ । श्रीनिदीले १२ खेलमा आठ जित, एक बराबर र तीन खेलमा हार बेहोरेको छ । आई लिगमा १२ टोलीको सहभागिता रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?