नेपाल बैंक र विन्ध्यवासिनीबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नेपाल बैंक र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराबीच वित्तीय कारोबार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठ र बैंकका गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै समिति मातहतका विभिन्न सामाजिक क्रियाकलाप, समितिका सदस्य तथा कर्मचारीले नेपाल बैंकमार्फत् गरिने वित्तीय कारोबारमा विशेष छुट प्राप्त गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?