राष्ट्रपति पौडेलद्वारा क्रिकेट खेलाडीलाई बधाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ । शुक्रबार शीतलनिवासमा बोलाएर राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई बधाई दिनुभएको हो । कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताउनुभयो । सबै कुराको पूर्वाधारको कमी हुँदा पनि सफलता प्राप्त हुनु ठूलो कुरा भएको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको शान राख्नका लागि खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीहरूलाई प्रोत्साहित गर्नुपर्ने धारणा रााख्नुभयो ।

नेपालको जितले सबै नेपाली गौरवान्वित रहेको र राष्ट्रले खुसियाली मनाएको उहाँको भनाइ छ । उहाँले विश्व मञ्चमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गर्दै विश्वकप छनोटमा पुग्न सफल भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?