एनआइआइएफले दिगोमा लगानी गर्ने

Read Time = 2 mins

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआइआइएफ)ले विद्युतीय सवारीको प्रयोग बढाउने उद्देश्यले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डको दिगोमा लगानी गरेको हो । फण्डलाई ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रवद्र्धन गरेका छन् ।

दिगोले विद्युतीय सवारीसाधनको कारोबारदेखि देशभर चार्जिङ स्टेसन, इभी फ्लिट सेवा, ब्याट्री एसेम्बलिङ, ब्याट्री डिस्पोजल र गाडी रूपान्तरणसम्मका पूर्वाधार निर्माणको काम गरिरहेको छ । एनआइआइएफबाट प्राप्त रकम कम्पनीले ‘मिसन शून्य उत्सर्जन’को सपना साकार पार्न प्रयोग गरिने दिगो नेपालका प्रबन्ध निर्देशक राजन रायमाझीले बताउनुभयो ।

सन् २०३० सम्ममा ५० प्रतिशत इन्धनका सवारीसाधनलाई प्रतिस्थापन गर्ने र जनतालाई यो नै भविष्य भनेर विश्वास दिलाउन इकोसिस्टम आवश्यक रहेको उहाँको भनाइ छ । इभी इकोसिस्टममा देशभरका चार्जिङ स्टेशन र राजमार्गमा इभी सवारीसाधनका विश्रामस्थल, अधिक इभिएस वा सार्वजनिक सवारी समावेश हुन्छन् । ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले नेपालमा वायु प्रदूषण जीवन वा मृत्युको विषय बनेको भन्दै खराब हावाको गुणस्तरबाट हुने स्वास्थ्य जटिलताले वर्षेनी धेरैले ज्यान गुमाइरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?