भोजपुरको दिङलामा सुरु भयो प्रदेश स्तरीय भलिबल

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुद मार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा बुधवारबाट प्रदेश अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ ।

कोशी प्रदेश सांसद विनोद बान्तवाले प्रदेश अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उदघाटन गर्नु भयो । प्रदेश भित्रका नौ पालिकाको टिमले प्रतियोगितामा सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरका प्रमुख गेल्जेन शेर्पाले बताउनुभयो । आगामी माघ २७ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तर्गतका खेलहरु बिहिवारबाट संचालन हुने छन् ।

प्रतियोगितामा बिजेता हुने टिमले एक लाख ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेता हुने टिमले एक लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगितामा तेस्रो हुने टिमले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता अन्तर्गत उत्कृष्ठ छ विधामा खेलाडीहरुले पाँच हजार साथमा मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुद बिकास कार्यालय भोजपुरका प्रमुख शेर्पाले जानकारी दिनुभयो ।

राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारालाई पुर्ण सार्थकता दिनको लागि खेलकुद अपरिहार्य भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दावा शेर्पाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?