मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

ललितपुर ।  ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु  भएको छ ।

मोटरसाइकलले ठक्कर दिएपछि साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको ढु‌ंखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिनाको मृत्यु भएको काठमाडौ‌ं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो ।  घाइते भएका मोटरसाइकलका चालक  धादिङको धुनिबेंसी नगरपालिका-७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।

बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?