स्ववियु निर्वाचन : भोजपुर क्याम्पसमा सकियो मतदान, करिव ७७ प्रतिशत मत खस्यो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर सदरमुकाममा रहेको भोजपुर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा छात्र मतदाताको अनुपातमा छात्रा मतदाता बढी देखिएको छ । चार बजे सकिएको मतदान प्रक्रियामा करिव ७७ प्रतिशत मतदान भएको छ ।

भोजपुर क्याम्पसमा कुल मतदाता छ सय ६५ जना रहेकोमा पाँच सय सात मत खसेको भोजपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सुशिल लामिछानेले जानकारी दिनुभयो । जसमा तीन सय ६८ जना छात्राले मतदान गरेका छन् भने एक सय ३९ जना छात्र मात्र मतदानमा सहभागी भएको देखिएको छ ।

निर्वाचन कार्यक्रम तोकिएको समयमा नै सम्पन्न भएको बताउँदै निर्वाचन अधिकृत लामिछानेले सर्वपक्षिय बैठक बसेर मत गणनाका बिषयमा छलफल गरिने बताउनुभयो ।

भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एमाले निकटको अनेरास्वबियु र जनता समाजवादी पार्टीको समाजवादी बिद्यार्थी युनियनका बिचमा गठवन्धन छ । सो प्यानलबाट अध्यक्षमा निशान राई सहितको टिम छ भने अर्को तर्फ नेपाली कांग्रेसको नेपाल बिद्यार्थी संघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीको अनेरास्वबियुको संयुक्त प्यानलबाट अध्यक्षमा सञ्जय ढकाल सहितको प्यानल छ । बिगतमा प्रत्यक्ष तर्फ मात्र निर्वाचन हुने भएता पनि अहिले समानुपातिक तर्फ पनि उम्मेदवार उठने ब्यवस्था छ ।

यता जिल्लाको उत्तर षडानन्द नगरपालिकामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा पनि निर्वाचन सकिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?