काठमाडौं । डा.सीता सुवेदी पन्थीका सात कृति एकैसाथ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् पूर्वसदस्य प्रा.डा.हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा काठमाडौंको पद्मोदय माविमा एक कार्यक्रमबीच छन्दमालिका (कवितासंग्रह), मातापिता (खण्डकाव्य), मेरो नेपाल, मयूर साथी, कति राम्रो जुनकिरी (सचित्र बालकवितासंग्रह) स्याबास बाबु (बालकाव्य) र ढुकुर कुरकुर (बाल चित्रकविता) लोकार्पण गरिएको हो ।
कृतिकारकी आमा केशरी सुवेदी, प्रा.डा.धुव घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, सहप्राध्यापक डा.लेखप्रसाद निरौला, डा.रमेश शुभेच्छु, प्रमोद प्रधान, हरि खनाल, गोपीकृष्ण ढुंगानालगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।
कृतिहरूको समीक्षा साहित्यकारहरू प्रा.डा.धुवकुमार घिमिरे, हरि खनाल र गोपीकृष्ण ढुंगानाले गर्नुभएको थियो । उहाँहरूले बालमनोविज्ञान, उमेर र स्तरलाई ख्याल गरी कृति लेखिएको बताउनुभयो । छन्दमालिका कवितासंग्रहको समीक्षा डा.रमेश शुभेच्छु र मातापिता खण्डकाव्यको समीक्षा डा.लेखप्रसाद निरौलाले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच