सत्यदीपले लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्ने

Read Time = 4 mins

काठमाडौं । अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्याँस उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्राण्डको लुब्रिकेन्ट र ग्रिज ल्याउने भएको छ । यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इण्डष्ट्रिज प्रालिले धनुषाको ढल्केबर-३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालनको तयारी गरेको छ ।

नयाँ वर्ष २०८० वैशाखदेखि नै ‘नेपाल गोल्ड’ ब्राण्डको लुब्रिकेन्ट र ग्रिज नेपाली बजारमा उपलब्ध हुनेछ । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र भन्नुहुन्छ, ‘सबै संरचना निर्माणको कार्य पूरा भइसकेको छ । वैशाखदेखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ । हामी नेपाल गोल्ड लुब्रिकेन्ट उत्पादनको व्यग्र प्रतीक्षामा छौँ ।’ युनाइटेड लुब्रिकेन्ट्स इण्डष्ट्रिज प्रालिले दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ । सो क्षेत्रमा छवटा स्टोरेज ट्यांकी रहनेछन् र दुई हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिनेछ । दैनिकरूपमा १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन गर्न सकिनेछ भने फिनिस्ड गुड राख्न २० हजार वर्गफिट क्षमताका दुई स्टोर रहनेछन् ।

बहुराष्ट्रिय कम्पनीको उत्पादनभन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दाबी छ । उक्त उद्योग स्थापनाका लागि करिब ५० करोड रुपैयाँ लागत लाग्नेछ । एसबी ग्रुपका सञ्चालक यस बद्र्धन सर्राफ भन्नुहुन्छ, ‘हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अघि बढाएका छौँ ।’ बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्नसमेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अघि बढिरहेको र अझै पनि लगानीयोग्य रकम खोजी गरिरहेको उहाँको भनाइ छ ।

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्रीसमेत कम्पनी आफैंले उत्पादन गर्नेछ । बजारमा २५० एमएलदेखि २१० लिटरसम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ । पहिलो चरणमा करिब ५० जनाले रोजगारी पाउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?