नेपाली टोलीमा ६ नयाँ अनुहार

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ६ जना नयाँ खेलाडी समेट्दै प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । नवनियुक्त इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले मंगलबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो । नेपाल, लाओस र भुटानबीच हुने प्रतियोगिताको पहिलो खेलमा बुधबार नेपालले दशरथ रंगशालामा लाओसको सामना गर्नेछ ।

प्रतियोगिताका लागि मनाङ मस्र्याङ्दी क्लबका सुमित श्रेष्ठ, एपिएफ फुटबल क्लबका मणि लामा र सनिश श्रेष्ठ, एफसी खुलमटारका पदम भट्टराई, सातदोबाटो युथ क्लबका गोलरक्षक अभिषेक बराल र दीपकराज सिंह ठकुरीलाई पहिलोपटक राष्ट्रिय टोलीमा स्थान दिइएको छ ।
नेपाली टोलीमा किरण चेम्जोङ (कप्तान), दीप कार्की, अभिषेक बराल, डिफेन्डरमा डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का, मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास हुनुहुन्छ । यस्तै, फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी हुनुहुन्छ ।

तीन राष्ट्रहरूले दशरथ रंगशालामा सिंगल राउण्ड रोविनको आधारमा खेल्ने एन्फा प्रवक्ता गणेश शाहले जानकारी दिनुभयो । राउण्ड रोबिनपछि शीर्ष दुई देशबीच फाइनल खेल हुनेछ । प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ पाँच सय र भिआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिसकेको छ । खेलका टिकटहरू खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरूबाट पनि किन्न सकिने बताएको छ ।

प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई पाँच हजार अमेरिकी डलर, द्वितीय पुरस्कार तीन हजार अमेरिकी डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पाँच सय अमेरिकी डलर गरी कुल नौ हजार पाँच सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । उक्त पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख, ६८ हजार ४८० रुपैयाँ रहेको एन्फाले जनाएको छ । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस तथा त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने खेल तालिका छ ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो प्रतियोगिता हुनेछ । उहाँले आफ्नो उत्कृष्ट दिँदै नतिजा आफ्नो पक्षमा पर्ने बताउँनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?