सुध्रिएको नेपाली पर्यटनले जगाएको आशा

Read Time = 9 mins

✍️ निनाम लोवात्ती

नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको तथ्यांक राख्ने क्रमको सुरु अवस्था हेर्दा तत्कालीन श्री ५ को सरकारले सन् १९६२ देखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्यांक राख्न सुरु गरेको देखिन्छ । सो तथ्यांकअनुसार सन् १९६२ मा ६ हजार १७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ भने सन् १९६६ मा १२ हजार ५६७ जना पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । तर, किन हो कुन्नि ? सन् १९६३ सन् १९६४ र सन् १९६५ को तथ्यांक भने उल्लेख गरिएको छैन । तथ्यांक स्रोत : एन्युअल स्टाटिस्टिक रिपोर्ट, सन् २००२, श्री ५ को सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ।

यस लेखमा पछिल्लो १० वर्षमा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरुको संख्या कति थियो ? भन्ने सम्बन्धमा केही लेख्ने प्रयास गरिएको छ । त्यसरी तथ्यांक हेर्दा सन् २०१३ मा सात लाख ९७ हजार ६१६ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१४ मा सात लाख ९० हजार ११८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ भने सन् २०१५ मा पाँच लाख ३८ हजार ९७० जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको देखिन्छ ।

नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रतिदिन, दैनिक खर्च र प्रतिदिन, प्रतिव्यक्ति नेपाल बसाई अवधिमा चाहिँ सुधार हुन सकेको छैन । त्यसैले हामीले आगामी दिनमा विदेशी पर्यटकले नेपाल आएर गर्ने दैनिक खर्च र उनीहरूको नेपाल बसाई अवधि पनि क्रमशः बढ्दै लानेतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ ।

सन् २०१६ मा सात लाख ५३ हजार दुईजना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । त्यस्तै गरेर सन् २०१७ मा नौ लाख ४० हजार २१८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । उता सन् २०१८ मा आएर चाहिँ नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ जना पुगेको थियो भने सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ ।
स्मरणीय छ, हालसम्म नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सबैभन्दा धेरै संख्या । हो । हुन पनि सो संख्या विस्तारै बढ्दै जानुपर्नेमा उल्टै सन् २०२०, सन् २०२१ र सन् २०२२ मा ८१ प्रतिशत, ७० प्रतिशत र ५३ प्रतिशत हाराहारीमा घट्यो । जस्तै सन् २०२० मा २ दुई लाख ३० हजार ८५ जना, सन् २०२१ मा एक लाख ५० हजार ९६२ जना र सन् २०२२ मा जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ ।

त्यसो त विश्वमा पर्यटन व्यवसाय संस्थागत रूपमा सुरु गर्ने काम बेलायतका नागरिक थोमस कुकले गरेको मानिन्छ । उनले सन् १८४१ मा आप्mनै देश बेलायतका पाँच सयजना नागकिलाई पर्यटकको रूपमा रेलमार्फत बेलायतको ‘लेइस्टर वा लेइस्चर’ देखि ‘लोउफब्रो वा लोउफबोरो’ सम्म भ्रमण गराएका थिए । यसरी थोमस कुकले संगठित रूपमा भ्रमण व्यवसाव अर्थात् ‘ट्राभल बिजनेस’ को सुरुवात गरेको लगभग एक सय ८२ वर्ष पुग्दै गर्दा विश्व पर्यटनमा धेरै नै उथलपुथल आएको छ । विश्व विभिन्न देशका खर्बौं मानिसहरू पर्यटक भई घुम्न निक्लेका छन् ।

त्यसरी पर्यटक भई विश्वका विभिन्न देश घुम्न निक्लेका पर्यटकहरूले हजारौं-हजार खर्ब (अमेरिकी डलरमा) खर्च गरिसकेका छन् । त्यसको केही हिस्सामा नेपालले पनि हिस्सेदारी हुन पाएको छ । किनकि हालसम्म विश्वका सयौं देशका केही करोड मानिसहरू नेपाल भ्रमण गर्न आएका छन् । यसरी विश्व पर्यटनको इतिहासमा थोमस कुकलाई ‘ट्राभल बिजनेस’ को सुरुवातकर्ता र पर्यटनको पिता अर्थात् ‘गड फादर’ मान्ने गरिन्छ ।

समग्रमा हेर्दा विसं २०६२/०६३ को तेस्रो जनआन्दोलनको राजनीतिक परिवर्तनपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको थियो । सन् २०१५, सन् २०२०, २०२१ र २०२२ मा बाहेक । त्यसो भए तापनि नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रतिदिन, दैनिक खर्च र प्रतिदिन, प्रतिव्यक्ति नेपाल बसाई अवधिमा चाहिँ सुधार हुन सकेको छैन । त्यसैले हामीले आगामी दिनमा विदेशी पर्यटकले नेपाल आएर गर्नेप्रति दिन, प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाई अवधि पनि क्रमशः बढ्दै लानेतर्पm पनि ध्यान दिनुपर्ने देखिन्छ ।

तथापि सन् २०२० मा चाहिँ नेपालमा विदेशी पर्यटकले गर्नेप्रति दिन, प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाई अवधि पनि बढेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले सन् २०२१ मा सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाई अवधि १५.१ दिन र प्रतिव्यक्ति, प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर रहेको छ । यो नै नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन, बसाई अवधि र प्रतिव्यक्ति, प्रतिदिन खर्च गराई रहेको छ ।

हाल कोभिड-१९ ठीक अवस्थामा फर्किएको हो, होइन ? कुनै टुंगोमा पुग्न सकिएको छैन । त्यसैले आगामी दिनमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढ्ने वा घट्ने के कसो हो ? अहिले नै किटेर केही भन्न सक्ने अवस्था छैन । अब हामीले कम्तीमा सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाई अवधि १५. दिन जुन छ सो र प्रतिव्यक्ति, प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर जनु पुगेको थियो त्यसलाई तत्कालै अरू बढी बढाउन नसके तापनि कायम राख्नका लागि प्रयास चाहिँ गर्नैपर्ने देखिन्छ ।

हुनत २०२० मा जसरी नेपाल घुम्न आएका विदेशी पर्यटकहरूको जसरी प्रतिदिन बसाई अवधि १५. दिन पुग्यो अनि सो वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकहरूले हालसम्मकै धेरै खर्च (प्रतिव्यक्ति ६५ अमेरिकी डलर) खर्च गर्न सके वा खर्च गरे, त्यसलाई अझ सुधार गर्न सके झनै राम्रो हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?