राजसंस्था स्थापना गर्न अभियान सिर्जना गर्ने सशक्त अभियन्ताको रूपमा चिनिएका दुर्गा प्रसाईले मंसिर ७ गते आयोजना गरेका छन् । उनले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्यलगायत एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् । सुरुका दिनमा कमै जनसमर्थन जुटे पनि हाल उनको अभियानमा जनसमर्थन अधिक बन्दै गएकोछ । उनले पूर्वको झापाबाट सुरु गरेको आन्दोलन हाल देश व्यापी बन्दै गयो । मानिसहरू उनको अभियानमा जोडिने क्रम बढ्दै गयो ।
पछिल्ला दिनमा शिथिल बन्दै गएको अर्थतन्त्रलाई उठाउनका लागी सरकारले कुनै कार्यक्रम ल्याउन सकेन । व्यावसायिक घरानाका व्ययसायीहरू धरासायी बन्दै गए । बैंक तथा वित्तीय संस्थाहरूले सहयोग पुर्याउनु पर्ने ठाउँमा उल्टै ताकेता गरेर धितो नै कब्जा गर्ने हर्कत गरे । यसले कतिपय व्यवसायीलाई आत्महत्या गर्नसमेत बाध्य बनायो । यतिखेर विश्व नै आर्थिक मन्दीको चपेटा परिरहेको छ । यसबेला नेपालका बैंक तथा वित्तीय संस्थाले गरेका व्यवहारप्रति उनको आक्रोश बढेको हो ।
सिंगो एउटा पार्टी एउटा व्यक्ति दुर्गा प्रसाईंको विरुद्धमा खनिनु नेता महेश बस्नेत र स्वयं अध्यक्ष ओलीको कमजोरी हो भन्नेहरू बजारमा देखापर्न थालेका छन् । यो एमाले पार्टी कमजोर बन्दै गएको परिस्थितिको उपज मानिन थालेको छ ।
हिजोआज सामाजिक सञ्जालमा दुर्गा प्रसाईंको चर्चा चुलिएर गएको छ । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य रहेका प्रसाई अहिले राजनीतिक पार्टीहरू, संघीयता, यसले गरेको कूव्यवस्थाप्रति उनले खुलेआम प्रतिकार गरे । उनीमा देखिएको यो शाहसका कारण उनलाई जनसमर्थन जुट्न थाल्यो । एमाले अध्यक्ष स्वयंले प्रसाईका कारण टिकटकबाट आफू आजित भएकाले टिकटकलाई बन्द गर्नुपर्ने माग सरकारसँग राखेको समाचार बाहिरिएसँगै प्रसाईको पक्षमा थप समर्थन जुट्न पुग्यो । पहिले व्यवस्थाका विरुद्घ, आमसत्ता र सामन्तवादका विरुद्घ लडेकोे एमाले आज एउटा व्यक्तिका विरुद्घमा लड्न खोजिरहेको छ । वास्तवमा अहिले दुर्गा प्रसाई एमालेको तारो बनिरहेका छन् । अलिकति आफ्नो अनुकूल वातावरण हुने हो भने एमालेले दुर्गा प्रसाईंलाई त्रिशूलीतिर मिल्काइदिसक्थ्यो ।
वर्तमान राजनीतिक वृत्तमा अवाञ्छित र बाहृय यौनजन्य गतिविधिका सामग्रीको सहारा लिई त्यसलाई सार्वजनिक गर्दै एकअर्कालाई नग्यांउन वा राजनीतिक तथा सामाजिक प्रतिष्ठा ध्वंस बनाउन राजनीति सबैभन्दा बलियो हतियार भएको छ । अहिलेको एमाले र दुर्गा प्रसाईबीचको वाक्युद्घ नग्यांउने र ध्वंस बनाउने अभिप्रायबाट निर्देशित भएको पाउन सकिन्छ । सिंगो एउटा पार्टी एउटा व्यक्ति दुर्गा प्रसाईको विरुद्धमा खनिनु नेता महेश बस्नेत र स्वयं अध्यक्ष ओलीको कमजोरी हो भन्नेहरू बजारमा देखापर्न थालेका छन् । यो एमाले पार्टी कमजोर बन्दै गएको परिस्थितिको उपज मानिन थालेको छ ।
यदि राजनीतिक दलहरूमा साँच्चै केही गल्ती-कमजोरी छैन भने दुर्गा प्रसाईंले भनेका कतिपय आरोप झुटा साबित गरी उनलाई कारबाही गर्न किन सकेनन् । त्यति ठूलादलहरू एउटा व्यक्तिको पछि लागेर देश विकासको मूल एजेण्डालाई वास्तै गरेका छैनन् । यिनीहरूले आजसम्म गरेका क्रियाकलापबाट देशको विकास भयो कि भएन ? देश बस्न लायक बन्न सक्यो कि सकेन ? विदेश जानेहरूको लर्को किन बढेको छ ? निकट भविष्यमा देशको अवस्था सहजता अथवा असहजता उन्मुख के हुन्छ ? भ्रष्टाचार नगर्ने नेता नै हुँदैन भन्ने बुझाई किन स्थापित हुन पुग्यो ? यी विषयमा यिनको ध्यान पुगेन । जनतालाई छल्दै सबै दल मिलीमिली लुटे । यो ध्रुर्वसत्य हो ।
ऋण र ब्याज तिर्न पर्दैन भन्ने अराजकतालाई छुट दिन नसकिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले अर्थतन्त्र दबाबमा छ, सरकार, राजनीतिक दल र निजी क्षेत्र मिलेर सामना नगर्ने हो भने संकट गहिरिनसक्छ अवस्थामा ऋण र ब्याज तिर्न पर्दैन भन्ने व्यवस्थाविरोधी भएको समेत बताएका छन् । यो समस्यालाई देखाएर एकथरि मान्छेले राजनीतिक लाभ उठाउने कोसिस गरिरहेको उनी बताइरहेका छन् । अहिले समाजमा अराजकता फैलाउने कोसिस भइरहेको छ, यो अराजकताको भ्रम चिर्न र सरकार र दलहरू, जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन् भन्ने सन्देश सबै दलमिलेर दिनुपर्ने आवश्यक्ता छ ।
तसर्थ समस्या समाधान गर्न एकठाउँमा जुटौ भन्ने आहृवान प्रधानमन्त्रीले गरेको देखिन्छ । सहकारी, लघुवित्त क्षेत्रमा देखिएको संकट समाधानको उपाय खोज्नुपर्ने बताउँदै ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता सिजना गर्नलाई छुट दिन नसकिने प्रधानमन्त्रीको भनाइ छ ।
जनताका लागि ठीक किन ?
सुरुमा दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् । कोरोना महामारीले थला राखिदिएको अर्थतन्त्रलाई मलमपटि लगाउनसम्मका कार्यक्रम सरकारले ल्याउन सकेन । व्ययसायी धराशयी बन्दै गए । बंैक तथा वित्तीय संस्थाले सहयोग पुर्याउनुपर्ने ठाउँमा उल्टै ताकेता गरेर धितो नै कब्जा गर्ने हर्कत गरे । यसले कतिपय व्यवसायीलाई मर्न पनि वाध्य बनायो । र कतिपयले यसैको कारण देखाएर आत्महत्यासमेत गरेको देखियो, सुनियो । यतिखेर विश्व नै आर्थिक मन्दीको सामना गरिरहेको छ । यसबेला नेपालका बैंक तथा वित्तीय संस्थाले गरेका व्यवहारप्रति उनको आक्रोश बढेको हो ।
मुलुकको अर्थतन्त्रले संघीयताको भार थेग्न नसक्ने परिस्थिति सिर्जना हुँदै गयो । यसले आयको स्रोत र दायरा बढाएर आर्थिक रूपमा समृद्ध नेपाल बनाउनुपर्नेमा खर्चको मात्र दायरा बढाएर मुलुकलाई ऋण लिन बाध्य बनाइरहेको छ । संघीय सरकारका तीनै निकायका प्रतिनिधिका लागि वार्षिक बजेटको सबैभन्दा ठूलो अंश खर्च भइरहेको छ । सानो अंशको पूँजीगत खर्चमा तिनीहरूकै सांगठानिक भ्रष्टाचारले कूल लागतको ३० प्रतिशत पनि काम हुनसकेको छैन । यसको मतलब ७० प्रतिशत विभिन्न नामका कमिसनजन्य भ्रष्टाचारमा जान्छ । जसले गर्दा देशको उत्पादन अनुपात लागत १ः७ पुगेको छ । यसको मतलब मुलुकले १ रुपैयाँको सम्पति बनाउन ७ रुपैयाँ खर्च गर्नुपरेको छ । यसले विश्वकै अधिक उत्पादन लागतको प्रतिनिधित्व गर्छ । संघीयता जनतालाई चोरेर नेतृत्वले आफ्नो स्वार्थ परिपूर्ति गर्ने व्यवस्थाको रूपमा स्थापित हुन पुग्यो ।
अहिले जताततै दुर्गा प्रसाईंको चर्चाले बजार तताइरहेको छ । अधिकांश मानिसको बुझाई दुर्गा प्रसाईले जनमाहोल सिर्जना गरे, प्रसाईको समर्थन गरे भन्नेतिर छ । तर, आमनेपाली नागरिक प्रसाईंको समर्थन वा प्रसाईलाई जिताउन लागेका होइनन्
नेपाल विश्वको एकमात्र हिन्दु अधिराज्य भनेर चिनिएको मुलुक हो । तर, एक्कासि विना जानकारी धर्म निरपेक्ष हुँदा यसलाई आमनेपालीले स्वीकारिरहेका छैनन् । वैदिक सनातन हिन्दु अधिराज्यको इतिहासले चिनिरहेको मुलुक आफ्नो इतिहास मेटाइदिने राजनीतिक दलहरूप्रति असन्तुष्ट छ । आस्था र विश्वासमा खटपट ल्याइदिएको छ । धार्मिक क्षेत्रलाई अतिक्रमण, क्षय र अस्तित्वहीन बनाउने कार्य भइरहेको छ ।
आर्थिक चलखेलले धार्मिक द्वन्द्व निम्त्याइरहेको छ । बन्धुत्वको भावनाविपरीत दाजुभाइ लडिरहेका छन् । आफ्नो धर्म, संस्कृतिलाई व्यवास्ता गर्दै बाहिरी धर्म संस्कृतिमा रमाउने प्रचलनले नेपालीको अस्मिता र सार्वभौमिकतामा संकट ल्याइरहेको छ । तसर्थ उनको हिन्दु राज्य कायम गर्नुपर्ने मागले अधिकांश नेपालीलाई आकर्षण गरिरहेको छ ।
कमजोर सरकार भएको मुलुकमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो धर्म छोड्नु कुनै नौलो कुरा होइन । पछिल्ला दिनमा लघुवित्तहरूले प्रायसः तराईमा फैलाइरहेको कर्जा आतंक बैंक तथा वित्तीय संस्था ऐन, २०६३ विपरीत नै छ । आज बैंक तथा वित्तीय संस्था नितान्त व्यापारिक प्रयोजनमा संलग्न हुने क्रम बढेको छ । निक्षेप र कर्जा प्रवाहको गतिमा फरक देखिन्छ । ऋण प्रवाहको वास्तविक अनुसन्धान छैन, उत्पादनमूलक निकाय वा व्यक्ति कर्जा पहुँचबाट टाढा छ भने बिचौलिया वा राजनीति पहुँचवाला बैंक तथा वित्तीयसंस्थाहरूको नजिक छ ।
कृषि ऋण वास्तविक किसानले पाउन सकेको छैन र बैंकले पनि प्रवाहमा जोडदिएको छैन तर त्यो किसानले नपाएर बिचौलियाले पाइरहेको छ । बैंक तथा बैंकका कर्मचारीहरूको निकटता पनि बिचौलियासँगै छ । उनीहरूलाई बैंकको नाफा घाटा र ऋणीको वास्तविकता बारे कुनै सरोकार छैन । बैंकका सिईयोहरूको तलबभत्ता औसत नेपालीहरूको आयक्षमता भन्दा अत्याधिक बढी छ ।
अहिले जताततै दुर्गा प्रसाईंको चर्चाले बजार तताइरहेको छ । अधिकांश मानिसको बुझाई दुर्गा प्रसाईले जनमाहौल सिर्जना गरे, प्रसाईंको समर्थन गरे भन्नेतिर छ । तर, आमनेपाली नागरिक दुर्गा प्रसाईको समर्थनका लागि वा दुर्गा प्रसाईलाई जिताउन लागेका होइनन् । विद्यमान व्यवस्था परिवर्तका लागि लागिरहेका छन् । आमनेपालीले यस व्यवस्था पल्टाउन अगुवा पात्र खोजिरहेकोमा प्रसाई देखापरे । यो मामलामा उनी एउटा प्रतिनिधि पात्रमात्र हुन् । उनको अगुवाइमा जनसमर्थन जुटाएर संघीयता खारेज गर्ने अभिप्रायले आमनागरिक, संघसंस्था प्रसाईलाई समर्थन गरिरहेका छन् ।
करिब दुई तिहाइभन्दा बढी मानिस संघीयता खारेज गर्नकै लागि यो कार्यक्रममा भाग लिँदैछन् । एक दुर्गा प्रसाईंको विरुद्धमा लामो इतिहास बोकेको सिंगो एमाले प्रतिकारमा उत्रने घोषणा गर्नुले प्रसाईलाई बलियो बनाइरहेको छ भने सिंगो एमाले हारिरहेको छ । पछिल्ला दिनमा दुर्गा प्रसाई र एमाले (महेश बस्नेत)बीचको युद्ध हुंकारले प्रसाईको अभियानमा समर्थन बढिरहेको आंकलन गर्न सकिन्छ । संघीयताले राजनीतिक दल, न्यायलय, कर्मचारीतन्त्र, आर्मी, पुलिस र कार्यकर्ताबाहेकका नागरिकको जीवनमा परिवर्तन ल्याउन सकेन । यी आधारभूत आवश्यक्तामात्र परिपूर्ति हुँदा पनि खुशी हुने/मान्ने वर्ग हुन् ।
वर्तमानमा आमनागरिकले झेलिरहेका समस्याको वस्तुपरक उजागर दुर्गा प्रसाईंले गरेका छन् । उनी हालको व्यवस्थाविरुद्ध निडर भएर बोलिरहेका छन् । नागरिकहरू यस्तै व्यक्तिको अपेक्षामा छन्, यसै समयमा प्रसाईं झुल्किए । उनले आममानिसको समर्थन पाए । तर, आममानिस प्रसाईंलाई जिताउन वा हराउन लागेका होइनन्, संघीय गणतन्त्रको विरुद्धमा लागेका हुन्, यो हामी सबैले बुझ्न जरुरी छ । प्रसाईं सही/गलत नेताले भनेर हुने होइन, आमनागरिकले भन्ने हो । अहिले आमनागरिकले प्रसाईंलाई सही मानेका छन् ।
(आचार्य अर्थशास्त्रका लेक्चरर हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच