काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
पार्टीले दुई मन्त्रालयसहित सम्मानजनकरुपमा सरकारमा सहभागी हुने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालले जानकारी दिनुभयो । यद्यपी कुन कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागिनसकेको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गर्ने र बारा-२ मा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ ।
सरकारमा सहभागीताका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच