माओवादीले फिर्ता लियो गण्डकी सरकारलाई दिएको समर्थन, मुख्यमन्त्री अधिकारीले राजीनामा दिँदै

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ । माओवादीले समर्थन फिर्ता लिने भएपछि मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा दिने तयारी गर्नुभएको छ ।

माओवादीको संसदीय दल बैठकको निर्णयलगत्तै कांग्रेस–माओवादी संयुक्त बैठक सुरू भएको छ । कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?