आइएमइ जनरलको बोर्ड सदस्यमा रघुवंशी

Read Time = 1 min

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उमेश रघुवंशी नियुक्त हुनुभएको छ । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यमा नियुक्त गर्नुभएको हो ।

रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उहाँको नेतृत्वले सुरु गरेको इन्फो डेभलपर्स कम्पनीले तीन सय ५० भन्दा बढीलाई रोजगारी दिइरहेको छ ।

दुई अर्ब चुक्ता पुँजी रहेको आइएमइ जनरलमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका व्यक्ति तथा समूहको संलग्नता रहेको छ । बोर्ड निर्देशकमा अम्बिकाप्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्णप्रसाद शर्मा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?