काठमाडौं । पद्मा कोलोनी प्रालिले काठमाडौंको रामकोटमा तीन अर्ब ५० करोड र सुनसरीको इटहरीमा दुई अर्ब १८ करोडमा कोलनी निर्माण गर्ने भएको छ । हाल रामकोटमा निर्माण हुने कोलोनीको जग्गा अधिग्रहण कार्य चलिरहेको छ । कम्पनीका अनुसार इटहरीमा निर्माण भइरहेको कोलोनीको जग्गा अधिग्रहण गर्ने काम ५० प्रतिशत समाप्त भएको छ । दुवै कोलोनीको निर्माण सन् २०२४ को जनवरीदेखि सुरु हुनेछ ।
दुवै परियोजनाको ८० प्रतिशत रकम कर्जामा निर्भर रहेको छ भने २० प्रतिशत सेयरधनीको लगानी रहनेछ । सरकारले रियल स्टेटमार्फत् हुने कारोबारमा क्यापिटल गेन ट्याक्स पाँच प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएको छ । जसकारण रियल स्टेटमा आकर्षण घट्दै गएको छ । तर पनि पद्मा कोलोनीले दुईवटा कोलोनी निर्माण गरी हस्तान्तरण गरिसकेको छ । कम्पनीको अध्यक्ष पदमा ग्रुपका अध्यक्ष राजुप्रसाद कँडेल हुनुहुन्छ । रामकोटमा निर्माण हुने कोलोनी रिङरोड क्षेत्रबाट छ किलोमिटर दूरीमा रहेको छ ।
सन् २००८ मा कम्पनी ऐनअन्तर्गत निर्माण भएको पद्मा कोलोनी कम्पनीले रेजिडेन्सियल कोलोनी निर्माण गर्दै आएको छ । कम्पनीले एक अर्ब दुई करोड ७६ लाखको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । सात करोड ८३ लाख नौ हजार बराबरको दीर्घकालीन कर्जाका लागि कम्पनीले बी रेटिङ गरेको छ भने ९४ करोड ९२ लाख २० हजार बराबरको अल्पकालीन कर्जाका लागि केयर नेपालले ए ४ रेटिङ गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच