मैथिली भाषाको विकासमा योगदान गर्ने पाँच जना पुरस्कृत

रासस
रासस
Read Time = 4 mins

विराटनगर । मैथिली भाषाको विकास एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने पाँच जनालाई नगदसहित पुरस्कृत गरिएको छ ।

मैथिल सञ्चारकर्मी सङ्घ नेपाल कोशी प्रदेशद्वारा आज यहाँ आयोजित एक समारोहमा उहाँहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेमा इन्द्र मिथिला गौरव सम्मानबाट धीरेन्द्र प्रेमहर्षीलाई नगद रु २१ हजार ११ हजार हुनुहुन्छ । साथै उज्ज्वल मिथिला नछत्र गौरव सम्मानबाट रामा मण्डल रु ११ हजार एक सय ११, रघुनाथ गुप्ता स्वतन्त्र सेनानी पुरस्कारबाट राधादेवी मण्डल रु सात हजार एक सय ५१ रामपरिदेवी पत्रकार पुरस्कारबाट ब्रह्मदेव यादव रु पाँच हजार एक सय ११ र कौशल्या मुसहरी स्मृति पुरस्कारबाट सुश्री श्रेयालाई रु पाँच हजार एवं सम्मान पत्रबाट पुरस्कृत गरिएको छ ।

सो अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुरस्कार वितरण गर्दै राजनीतिक दलमा रहेका नेताले आफ्नो मातृभाषा एवं संस्कृतिको संरक्षणका लागि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सभ्यता र संस्कृतिको जर्गेनामा भाषाको महत्वपूर्ण योगदान हुन्छ भन्दै यो ज्ञानको प्रशारक भएको धारणा राख्नुभयो ।

अध्यक्ष झाले मैथिली भाषामा गरिने अध्ययन, लेखन, बोलचाल तथा पत्रकारिताबाट मात्र यो भाषाको विकास र संरक्षण हुने विचार राख्नुभयो । उहाँले राससले आगामी एक वर्षभित्र मैथिली भाषामा समाचार बुलेटिन प्रकाशन गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सदस्य योगेन्द्र मण्डलले यस क्षेत्रमा बसोबास गर्ने विपन्न मैथिली भाषीलाई शिक्षामा पहुँच पु¥याउन आवश्यक सहयोग गर्ने बताउनुभयो । कोशी प्रदेशका पूर्वमन्त्री जयराम यादवले मैथिली सञ्चारकर्मीलाई आफ्नो बुबा बर्जु यादवको नाममा रु एक लाख २१ हजार एक सय ११ को अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जनताको अधिकार स्थापना गर्न राजनीतिक दलका नेतृत्वले नीति निर्माण तहमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका अध्यक्ष नवीन कर्ण, महासचिव वीरेन्द्रकुमार साह र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनालले नेपालको दोस्रो ठूलो भाषा रहेको मैथिलीको विकासका लागि सञ्चारकर्मीहरुले कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?