पानी परेपछि सर्लाहीका किसान खेतबारी खनजोतमा ब्यस्त

फाईल तस्बिर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीका किसान खेतबारी खनजोत गर्ने र मकै छर्ने काममा ब्यस्त भएका छन् । लामो समयपछि जमिन भिज्ने गरी वर्षा भएकाले यहाँका किसान खेतबारीको काममा लागिपरेका हुन् ।

जिल्लाको उत्तरी चुरेभेगका किसानले बाँझो खेतबारी खनजोत गरेर मकै रोपिरहेका छन् । चैत महिनाभर नै मकै रोप्ने गरिन्छ । पानी पर्नुअघि वस्तुभाउको गोबर छरेर वर्षाको प्रतिक्षामा बसेका किसान अहिले पर्याप्त वर्षा भएपछि खेतबारी खनजोत गरेर मकै रोप्न ब्यस्त रहेका छन् । पानी परेपछि यहाँ सबै क्षेत्रका किसान खुसी छन् । दक्षिणी भेगका पनि सुक्खापन कम भएको छ । तरकारी खेती गर्ने किसानलाई फाइदा पुगेको छ भने यो वर्ष पर्याप्त मात्रामा आँप र लिचीको फुल फुलेका कारण यो पानीले राम्रो फल लाग्ने भन्दै किसान खुसी छन् । पानी परेपछि वनजंगलमा लागेको डढेलो पनि निभेकाे छ।

फागुनसम्म अत्यधिक धुलाम्मे रहेका यहाँका सडकमा अहिले पानी परेपछि धुलो उड्न छाडेकाले यात्रा गर्न केही सहज भएको स्थानीयले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?