भोजपुर गोल्डकप : उदयपुरलाई हराउँदै क्यामरुन सेमिफाइनल प्रवेश

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत सोमवार भएको अन्तिम क्वाटर फाइनल खेलमा उदयपुरलाई शुन्यमै राख्दै एभिनियर फुटवल क्लव क्यामरुनले सेमिफाइनलको यात्रा तय गरेको छ ।

निर्धारित समयमा क्यामरुनको तर्फबाट ४ गोल हुदाँ बसाहा युथ क्लव उदयपुरले कुनै पनि गोल गर्न सकेन । क्यामरुनको तर्फबाट खेलको ६ औ मिनेटमा जर्सी नम्वर १६ का खेलाडी नगुइनी, खेलको ६८ औ मिनेटमा जर्सी नम्वर १० का टिमबा, ७३ औ मिनेटमा जर्सी नम्वर १५ का एन सनगोउ र अर्का जर्सी नम्वर ४ का खेलाडी बोयोमोले एक/एक गोल गर्दे आफनो टिमलाई बिजयी बनाउनु भएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच क्यामरुनका जर्सी नम्वर १६ का खेलाडी नगुुइनी भएका छन । मंगलवार हुने पहिलो सेमिफाइनल खेल आयोजक भोजपुर जिल्ला फुटवल संघ र डाँगीहाट युथ क्लव मोरङका बिचमा हुने आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले बताउनुभयो ।

प्रतियोगितामा २ बहिरी र ६ स्वदेशी गरी ८ टिमको सहभागिता रहेको थियो । बिजेताले ५ लाख र उप विजेताले नगद ३ लाख पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?