सेयर बजार दोहोरो अंकले बढ्योे

Read Time = 2 mins

काठमाडौं । सोताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १७.७० अंकले बढेर एक हजार नौ सय छ अंकमा पुगेको हो । आइतबार नेप्से २६.८७ अंकले घटेको थियो । सोमबार एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोड बढी हो । आइतबार एक अर्ब २८ करोड ९३ लाखको कारोबार भएको थियो ।

कारोबार भएका एक सय ६७ कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे सेयरमूल्य घटेको छ । चार कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सुपरमाई हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३०.१० रुपैयाँ पुगेको छ ।

एसियन हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशत बढेर प्रतिकित्ता तीन सय ९७ रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शनको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता एक सय ६२ रुपैयाँ पुगेको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने १० प्रतिशतले घटेको छ । कारोबारका आधारमा सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको पाँच करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?