एकीकृत समाजवादीबाट प्रकाश ज्वाला मन्त्री बन्ने

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पहिलो चरणमा हुने मन्त्रिपरिषद विस्तारमा एकीकृत समाजवादीबाट उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने हुनुभएको छ ।

प्रधानमन्त्रीले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने प्रस्ताव राखेपछि नेकपा एकीकृत समाजवादीले पहिलो चरणमा ज्वालालाई मात्र सिफारिस गर्न लागेको नेता झलनाथ खनालले जानकारी दिनुभयो । केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

अहिले मन्त्रालयको टुंगो नलागे पनि ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने एकीकृत समाजवादीको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?