राष्ट्रिय युवा संघ भोजपुरमा रविन थापाकाे नयाँ नेतृत्व

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि भोजपुरको नवौँ जिल्ला अधिबेशनबाट रविन थापाको नेतृत्वमा नयाँ कमिटि बनेको छ ।

भोजपुर सदरमुकाममा बुधवार भएको अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्वत चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा धनकुमार राई, सचिव भिषन राई, सहसचिवमा दिपेश राई र विष्णु मगर तथा कोषाध्यक्षमा भावना कार्कीलाई चयन गरेको छ । अधिवेशनबाट ४३ सदस्यीय कमिटि निर्माण भएको छ ।

नेकपा एमाले निकटको युवा संगठन युवा संघको अधिवेशनको उद्धघाटन स्थायी कमिटि सदस्य शेरधन राईले गर्नु भएको थियो भने पार्टी पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतलगायतका केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?