ग्लोबल मनी विकमा सिद्धार्थको कार्यक्रम

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंकले मार्च २० देखि २६ गतेसम्म सप्ताहव्यापी अभियान ग्लोबल मनी विक २०२३ विविध कार्यक्रम गरी मनाएको छ । बैंकले देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

बैंकले कोशी प्रदेशमा १७, मधेश प्रदेशमा आठ, बागमतीको उपत्यकाभित्र ५१, उपत्यकाबाहिर सात, गण्डकी प्रदेशमा चार, लुम्बिनी प्रदेशमा पाँचवटा, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच गरी कुल ९८ विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । जसमा दुई हजार एक सय १८ महिला र दुई हजार ७२ पुरुष गरी कुल चार हजार एक सय ९० जनाको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?