काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो १० नम्बर सिरिजको दोस्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । जसमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ भने आठ जिबी र्याम र १२८ जिबी रोमको स्टोरेजमा उपलब्ध फोनको मूल्य २९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार रियलमी १० मा आठ जिबीसम्मको भर्चुअल ¥याम राखिएको छ, जसले गर्दा र्यामको स्टोरेज १६ जिबीसम्म बढाउन मिल्छ । फोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकाले २८ मिनेटमै ब्याट्री ५० प्रतिशतसम्म चार्ज हुन्छ । फोनको तौल १७८ ग्राममात्रै रहेको एकदमै हलुका रहेको छ । रियलमी १० मा ५० एमपी मुख्य क्यामेरा र १६ एमपी सेल्फी क्यामेरा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच