महोत्तरी । ‘दूध बेचेर नै मासिक १२ हजार रुपैयाँसम्म कमाउने गरेको छु । यदि दूध बेच्न पाइएन भने त घरायसी खर्चमा समस्या बनिहाल्थ्यो नि,’ यो भनाइ महोत्तरी बर्दिबासका किसान द्रोणबहादुर खड्काको हो ।
बिहान सबेरै उठेर खड्का गौरीडाँडा र बर्दिबास सहरमा पुगेर दूध बेच्ने गर्नुहुन्छ । बिहान दूध बेच्न जाने उहाँमात्र एक्ला किसान होइन । उहाँजस्तै गाउँका अन्य धेरै किसानहरु हुन्छन । जसले दूध बेचेर नै आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।
किसानका घर-घरमा नै पुगेर दुध लिने व्यक्ति पनि छन् । तर, धेरैजसो किसानहरु भने दुध आफैँ बजारसम्म पुर्याउने गर्छन् । जो आफैँले दूध बजारसम्म पुर्याउँछन्, उनीहरुले घरमै आएका दूध संकलकले दिनेभन्दा प्रतिलिटरमा ३० रुपैयाँ बढी पाउँछन् । ‘आफै जाँदा विचौलियामा परिँदैन, पैसा पनि बढी पाइन्छ,’ खड्काले भन्नुभयाे ।
महोत्तरी ८० प्रतिशत भू-भाग ग्रामिण क्षेत्रले ओगटेको छ । दिनहूँ बढ्दै गएको सहरीकरणले किसानहरुको बजार थप सुनिश्चित बन्दै गएको छ । एउटा भैंसी पाल्ने किसानले मासिक १४ हजारसम्म कमाउँछन् । जसकारण खेतीपातीमा भन्दा बढी किसानको आकर्षण भैंसीपालनमा देखिने डेरी व्यवसायी विजय यादव बताउँनुहुन्छ । ‘म दूध लिन किसानको घर-घरमा नै पुग्ने गरेको छु । किसानहरुको घरमा कमसेकम दुईवटा भैंसी पालेको देखिन्छ,’ उहाँले भन्नुभयाे ।
बर्दिबास नगरपालिकाका पूर्वप्रमुख बिदुरकुमार कार्की पनि भैंसीपालनमा नै लाग्नुभएकाे छ । ‘बजारमा दूधको माग बढ्दै गएपछि भैसीपालन गर्न थालेँ,’ उहाँले भन्नुभयाे, ‘उन्नत जातको भैसी पालेर दूध बेच्ने गरेको छु ।’
यहाँका किसानले एक वर्षमा २ करोड १९ लाख लिटर दूध उत्पादन गर्छन् । तर, बजारको माग धान्न सकेका छैनन् ।
जिल्ला कृषि कार्यालय महोत्तरीका अनुसार दुधमा आत्मनिर्भर बन्न एक जना किसानले दैनिक ९० लिटर दूध उत्पादन गर्नुपर्छ । तर, किसानहरुले ७० लिटर मात्र दूध उत्पादन गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच