एमाले अध्यक्ष ओली मोक्षधाम महायज्ञमा सहभागी

Read Time = 2 mins

काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज काभ्रेपलाञ्चोकको पनौती कुशादेवी दारिम्बोटस्थित आदित्य मोक्षधाममा आयोजित तीन दिने महायज्ञ महाअनुष्ठानमा सहभागी हुनुभएको छ ।

बिहीबारदेखि सुरु भएको महायज्ञ महाअनुष्ठान कार्यक्रममा एक सय आठ कुण्डीय तान्त्रिक एवं मान्त्रिक हवन (जसलाई अग्नि एवं जलकुण्ड भनिन्छ), देवी भागवतसहित सात पुराण एवं दुर्गा सप्तशती चण्डी पाठ, चार वेद पाठ पारायण(चार दिशामा), दिव्य शिवलिङ्ग एवं हिमालय प्रतिस्थापन, पृथ्वी यन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्त अग्नि साधना र एक हजार आठ शिवलिङ्ग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान भइरहेको छ ।

महायज्ञ महाअनुष्ठानमा २७ देशको जल र माटो ल्याइएको फाउण्डेशनका सदस्य सचिव रामेश्वर थापाले जानकारी दिनुभयो । ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्वभर चिनाउने अलौकिक गन्तव्य बनाउने सङ्कल्पनाका साथ आदित्य मोक्षधाम निर्माण गरिएको बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?