पूर्वराजा उपस्थित नभएपछि दुर्गा प्रसाईँले भने : राजतन्त्र–जिन्दावाद नभन्नू

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गर्नु भएको छ ।

राजतन्त्र पुनस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गर्नु भएका उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन । यस अघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊलगातका नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका थिए । तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गर्नु भयो ।

उहाँले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने सर्त राख्नु भयो । प्रसाईले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘म तपाईहरुलाई राजतन्त्र जिन्दाबाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनु प¥यो नि । हामीसँगै आउनु प¥यो । भिडनु प¥यो । हामीलाई साथ दिनु प¥यो । हामी राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईँ । म राजा देखाएर सांसद बनेर जान्न ।’

माओवादी छाडेर एमाले प्रवेश गर्नु भएको प्रसाईले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम सुरु गर्नु भएको हो । आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सृजना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनु परेको उहाँको भनाई थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?