थप ४ वटा चार्जिङ स्टेशन बनाउँदै विधुत प्राधिकरण

Read Time = 2 mins

काठमाडौं । नेपाल बिधुत प्राधिकरणले थप चारवटा वटा बिद्युतीय चार्जिङ स्टेशन बनाउने भएको छ ।

प्राधिकरणले विद्युतीय सवारीको चार्जिङ पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राखेर काठमाडौं उपत्यकामा दुईवटा र काठमाडौं उपत्यका बाहिर २ वटा गरी थप ४ वटा चार्जिङ स्टेशन बनाउन लागेको हो ।

प्राधिकरणले गरेको टेन्डर आब्हान अनुसार काठमाडौं उपत्यकामा बल्खु र सामाखुसीमा तथा काठमाडौं उपत्यका बाहिर मुग्लिङ र बर्दिवासमा थप चार्जिङ स्टेशन बनाउन लागेको हो ।

देशका विभिन्न स्थानमा ५१ वटा स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य गरिरहकोको प्राधिकरणले ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागी र २५ वटा साना ठूला कारहरूका लागि चार्जिङ स्टेशन बनाई रहेको छ ।

यसअघि प्राधिकरण मुख्यालय रत्पार्कमा एउटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याईसकेको छ ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँग छुट्टाछुट्टै सम्झौता गरेर निमार्ण भईरहेका चार्जिङ स्टेसन ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी क्षमताको रहेका छन् ।

बिधुतीय सवारीलाई प्राथमिकतामा राखेर प्राधिकरणले चार्जिङ स्टेशन निमार्णलाई तिव्रता दिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?