काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच नेपालको सडक सञ्जाल सुधार तथा विस्तारका लागि झण्डै १३ अर्ब रुपैयाँ अर्थात् १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच अर्थसचिव कृष्णहरि पुष्कर र एडिबी नेपालका लागि देशीय निर्देशक आर्नोड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि एडिबीबाट प्राप्त अतिरिक्त वित्तीय लगानी हो ।
कुल तीन सय २४ किलोमिटर सडक सञ्जाल सुधार तथा विस्तारका लागि उक्त रकम खर्च गरिने मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले कार्यान्वयन गर्ने उक्त परियोजनाले समावेशी विकासको अवधारणा र संघीयता कार्यान्वयनमा सघाउने अर्थसचिव पुष्करले विश्वास व्यक्त गर्नुभएको छ ।
अर्थसचिव पुष्करले भन्नुभयो, ‘ग्रामीण क्षेत्रमा समावेशी विकास र आर्थिक सवलीकरणसँगै यो परियोजनाले संघीयता कार्यान्वयनमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ, बाढी, पहिरोलगायतका समस्याबाट सडक सञ्जालसँगै ग्रामीण जनजीवन पनि बिग्रिएको छ । यो परियोजनाले उक्त समस्या समाधानमा भूमिका खेल्नेछ ।’ एडिबीका देशीय निर्देशक आर्नोडले विभिन्न पाँच प्रदेशमा गुणस्तरीय र पर्यावरणमैत्री सडक पूर्वाधार निर्माणका लागि ऋण सम्झौता भएको बताउनुभयो । सडक मर्मतसम्भारसँगै पुल निर्माण, सडक सुरक्षा तथा व्यवस्थापनलगायतका काम आयोजनामार्फत् गरिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच