एक लाख घुससहित नापी कार्यालय कलंकीका सर्भेक्षक पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नापी कार्यालय कलंकीका सर्भेक्षक र अर्का एक जना एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र 'राजधानी लेखापढी सेवा’का  कर्मचारी नेत्रमणी पोखरेल समेतलाई घुससहित पक्राउ गरेको हो ।

दुई जना मिलेर जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीका अख्तियारको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालयबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?