बुद्ध एकेडेमीलाई उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बुद्ध एकेडेमीले दोस्रो गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीले सर्वनाम शिक्षालयलाई पराजित गर्दै उपाधि जितेको हो । एकता जेम्स स्कुलले तेस्रोे स्थानमा चित्त बुझायो ।

फागुन १७ गतेदेखि गोकर्णेश्वर नगरपालिका वडा नं. ६ स्थित बुद्ध एकेडेमीमा भएको प्रतियोगितामा बुद्ध एकेडेमीकै जोन पाख्रिन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयो । अनुशासित टिमको उपाधि इस्टपोल माविले हात पार्‍यो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसाल, गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामा, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको गोरक्ष स्पोर्टिङ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक रञ्जनकुमार सापकोटाले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?