सिजीको हिमालयन बियर

Read Time = 1 min

काठमाडौं । फर द वन हु डेयर भन्ने नाराका साथ सिजी होल्डिङ्सअन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर ‘हिमालयन’ ल्याएको छ । होली पर्व लक्षित गरी नयाँ उत्पादन बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु-रो माल्टबाट बनेको बियरको स्वाद अन्य बियरभन्दा नयाँ र रिफ्रेसिङ भएको कम्पनीको दाबी छ ।

बियरमा छ प्रतिशत अल्कोहल रहेको छ । ३३० मिलिलिटर बोतलको हिमालयन बियरको मूल्य १६५ रुपैयाँ र ६५० मिलिलिटरको ३१० रुपैयाँ तोकिएको छ । हिमालयन ब्रुअरीले आइसबर्ग, निञ्जा, काठमाडांै र कमाण्डोलगायतका बियर ब्राण्ड उत्पादन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?