श्रीलंकामा नेपाललाई दुई स्वर्ण र एक रजत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । श्रीलंकामा यही मार्च ४ देखि सञ्चालन भएको १०औँ आइएसकेडिजे कप कराँते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण र एक रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगिताको ६० किलोमा बुद्धिमान माझी र ८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण पदक दिलाउनुभयो । माझीले भारतसँग २-१, बंगलादेशसँग ३-२ र फाइनलमा श्रीलंकासँग १-० अन्तरको जितसँगै स्वर्ण पदक जित्नुभएको थियो ।

त्यसैगरी बलामीले भारतसँग ३-२, बंगलादेशसँग २-० र फाइनलमा श्रीलंकासँग ३-२ अंकसँगै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उक्त प्रतियोगितामा सहभागी ऐटनकुमार मल्लले ६७ तौल समूहमा नेपाललाई रजत पदक दिलाउन सफल हुनुभयो । उहाँले सेमिफाइनलमा भारतलाई १-० अंकले पराजित गरी फाइनलमा स्थान बनाउनुभएको थियो । उहाँले फाइनलमा आयोजक श्रीलंकासँग रेफ्री सुपरलेटिभका आधारमा ३-२ अंकले पराजित हँुदै रजत पदकमा चित्त बुझाउनुभएको थियो ।

चार देश सहभागी उक्त प्रतियोगितामा दुई स्वर्ण र एक रजत पदकसँगै नेपाल समूहको तेस्रो बन्न सफल भयो । चार कराँते सदस्य टोलीसहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराँते संघका सचिव÷प्रवक्ता गजेन्द्रबहादुर खपांगीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?