रौतहट । रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा परेर ६ महिने शिशुको ज्यान गएको छ ।
मंगलबार साँझ राजदेवी नगरपालिका-४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको ज्यान गएको हो । छिमेका दुईसहित तीन वटा घर गोठ जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा सुतिरहनुभएकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु हो । राउतको घरबाट छानाबाट सल्किएको आगोले छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ ।
आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी १ लाख तथा छिमेकीहरूको ५०-५० हजार गरी २ लाख भन्दा बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
सो घटना लगतै गौर नगरपालिकाबाट गएको वारुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच