यमनमा डुङ्गा दुर्घटना हुँदा एक्काइस जनाको मृत्यु

रासस
Read Time = 1 min

साना । यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुङ्गामा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ । आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।

डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?