रोनिशालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कान्तिपुर पिङपोङ भ्याली क्लब (केपिभिसी) की रोनिशा महर्जनले बृहत् खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार स्वर्ण जित्नुभएको छ ।

सातदोबाटोस्थित कराँते हलमा भएको फाइनलमा रोनिशाले अस्मिता स्कुलकी योङ्गी पौडेललाई ४-३ को सेटमा पराजित गर्नुभयो । एएनएस १९८० क्लबकी अंकिता बज्राचार्य तेस्रोे हुनुभयो ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा केपिभिसीका जगदिश्वरप्रसाद जोशी पहिलो हुनुभयो । उहाँले फाइनलमा एपिएम क्लबका रोशन प्रधानलाई ३–० को सोझो सेटमा पराजित गर्नुभयो । एपिएमका सुमन खड्गी र खोल्छा पुखु क्लबका धर्मेन्दराज शाक्य संयुक्तरूपमा तेस्रो बन्नुभयो ।

प्रतियोगिताको बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जनले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । ११ स्पर्धा समावेश प्रतियोगितामा करिब १ सय ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा सुमन खड्गी, प्रायोजकमा नदिमरत्न शाक्य, मेटल सापर्स र सम्झना ल्याबोरेटरी प्रालि, सह-प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, खेल सामग्री पार्टनर डिएचएस तथा पोशाक पार्टनरमा लिनिङ रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?