सुर्खेतमा पिङ चुडिएर एक जनाको मृत्यु, दुई जना घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

मानबहादुर वली
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित काक्रेबिहार फनपार्क एण्ड रिसोर्ट प्रालिद्वारा संचालित ट्रि हाउस फन पार्कमा पिङ खेल्दा लडेर एक महिलाको मृत्यु भएको छ ।

तुलसीपुर नगरपालिका ६ घर भएकी अन्दाजी ५० वर्षीय खगीसरा सुनारको पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पिङ खेल्ने क्रममा चुडिदा थप दुई जना घाइते भएका छन् । घाइते उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा उनीसँगै पिङ खेलिरहेका वीरेन्द्रनगर–३ कि २६ वर्षीया प्रतिमा गदाल र उनका छोरा दुई वर्षका प्रनिल गदाल घाइते भएका छन्। दुवैको कर्णाली केयर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार बुधबार बेलुका पाँच बजेतिर पिङ चुँडिएको थियो। सहिद पार्कमा काँक्रेविहार फन पार्क रिसोर्ट प्रालिले पिङ सञ्चालन गर्दै आएको थियो। प्रहरीले फन पार्क सञ्चालक कर्ण मगरलाई पक्राउ गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?