‘ए’ डिभिजन लिग : सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिस क्लवलाई हराउँदै पहिलो जित निकालेको छ । ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले एपिएफ क्लवलाई एक-शुन्य गोल अन्तरले पराजित गर्दा अर्को खेलमा हिमालयन शेर्पाले दशरथ रंगशलामा पुलिसलाई समान एक-शुन्य गोल अन्तरले पराजित गरेको छ । यससँगै सातदोबाटोले दुई खेलमध्यै दुवै खेलमा स्पष्ट जित निकाल्दा हिमालयन शेर्पाले पहिलो जित निकाल्न सफल भएको हो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा सातदोबाटो युथ क्लवले एपिएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । यस्तै अर्को खेलमा भने हिमालयन शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।

लिगमा बिहीवार दुई खेल हुनेछन् । पहिलो एन्फा कप्लेक्समा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लव तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?