नारी दिवसमा टाटा मोटर्सको कार्यक्रम

Read Time = 3 mins

काठमाडौं । ‘नेक्सन इभी वेमेन ड्राइभ द नेशन’ नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सिप्रदीको टाटा मोटर्सले नारी विशेष कार्यक्रम आयोजना गरेको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरूको योगदानको उच्च कदर गर्दै नारी दिवस मनाएको हो ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा यस वर्षको ‘डिजिटल : आविष्कार र प्रविधिमा लैंगिक समानता’ नारा बोकेको पहललाई कुनै न कुनै रूपले सहयोग पुग्ने गरी अहिलेको विद्युतीय सवारी र त्यसका लागि आवश्यक पूर्वाधार, सीप तथा जानकारी दिन कार्यक्रम आयोजना गरिएको सिप्रदीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले बताउनुभएको छ । विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणालीसम्बन्धी जानकारी एकदमै आवश्यक रहेको र हरेक व्यक्तिले नयाँ प्रविधि जान्नु, बुझ्नुपर्ने टाटा मोटर्र्सबाट कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताउनुभयो ।

आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिएका आमन्त्रित महिलालाई नेक्सन इभीको प्रयोगद्वारा वातावरण संरक्षणमा पनि टेवा पुर्‍याउन प्रोत्साहन गर्न थापाथलीस्थित शोरुमबाट बागडोल हुँदै नैकापसम्म नेक्सन इभीमा सवार गराएको थियो । सोहीक्रममा बागडोलमा ग्राहक सेवा प्रमुखसँगसँगै कर्मचारीद्वारा फास्ट चार्जिङ स्टेशनका महत्वपूर्ण जानकारी, इभी गाडीमा ख्याल गर्ने तरिका सिकाइएको थियो ।

नेक्सन इभीका महिला ग्राहकको सहभागितासँगै वात्सल्यकी वरिष्ठ प्रजनन् विशेषज्ञ डा. आकृति भारतीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा मिस नेपाल प्रियन्का रानी जोशी, न्यान्सी खड्का र शरिसा श्रेष्ठका साथै सिप्रदीमा कार्यरत महिला र टाटा मोटर्सका महिला ग्राहकको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?