देश र जनताको अगाडि चुनौती छ, सबै एक ठाउँमा उभिनुपर्छ: नेम्बाङ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरू एक भएर जानु पर्ने बताउनुभएको छ ।

राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुग्नुभएका नेम्वाङले मतदानअघि यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो देशका सम्पूर्ण राजनीति दलहरू एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’

चुनौतीबाट पार पाउनका लागि देश र जनता एक ठाउँमा उभिनु पर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?