योङ्गीलाई स्वर्ण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । योङ्गी पौडेलले बृहत् खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिताको गल्र्स यू-१६ सिंगल्समा स्वर्ण जित्नुभएको छ । सातदोबाटोस्थित कराँते हलमा भएको फाइनलमा योङ्गीले अंकिता बज्राचार्यलाई ११-८, ११-९ र ११-९ को सोझो सेटमा पराजित गर्नुभयो । एभिएमकी आस्मा पहरी र हाखा युवा क्लबकी इशानी महर्जन संयुक्तरूपमा तेस्रो हुनुभयो ।

सोही स्पर्धाको ब्वाइजमा अस्मिता स्कुलका आशिष महता पहिलो, एभिएमका आरिश शाक्य दोस्रो तथा एभिएमका कुशल र जयश्नु महर्जन तेस्रो बन्नुभयो ।

गल्र्स यू-१२ सिंगल्समा एभिएमकी श्रीया शाक्य पहिलो, एभिएमकै अर्सना महर्जन दोस्रो तथा मार्योकी सुरमाया शाक्य र एभिएमकी निर्भी श्रेष्ठ तेस्रो बन्नुभयो । यू-१२ ब्वाइजमा इडेन गार्डेन स्कुलका रिजन शाक्य पहिलो, एभिएमका स्वर्णिम शाक्य दोस्रो तथा बसराका वचन विष्ट र सिवाइसीका निर्भाना बज्राचार्य तेस्रो हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?