सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरेपछि माओवादी घटकले अन्तर्क्रिया गर्ने

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनेमा जोड गर्ने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटरमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतवाट निरुपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेका छन ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलकाअनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ ।

सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?