फिजियो पाण्डेद्वारा पारिश्रमिक नपाएको गुनासो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काठमाडौं नाइट्सका फिजियोथेरापिस्ट सागर पाण्डेले नेपाल टि २० लिगबाट आफूले हालसम्म एक रुपैयाँ पनि पारिश्रमिक नपाएको गुनासो सामाजिक सञ्जालमार्फत पोख्नुभएको छ । काठमाडौंका केही खेलाडीले ५० प्रतिशत सम्म पारिश्रमिक पाएपनि आफूले हालसम्म एक रुपैयाँ पनि नपाएको गुनासो उहाँले राख्नुभएको हो । ‘म टिममा जोडिएको दोस्रो दिनमै टिमका व्यवस्थापक भागेका थिए । जसले गर्दा मैले सम्झौता गर्न पाएन । यस कुरा मैले काठमाडौं र क्यान दुवैलाई राखेको थिए । टिमका सबै कर्मचारी एक एक गरि भाग्दा अन्तिमसम्म म मात्रै खेलाडीसँग थिए । र मैले भूमिका निर्वाह गरेको थिए’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

खेलाडीले पैसा नपाएसम्म नखेल्ने भनेपछि काठमाडौं नाइट्सले विराटनगरसँगको खेल नै खेलेको थिएन । खेल हुन नसकेपछि क्यानले लिखित सम्झौता गरेको थियो । ‘लिखित सम्झौतमा फिजियोको पनि पारिश्रमिक उपलब्ध गराउने लेखिएको पाण्डेले बताउँनुभएको छ ।
‘खेल सकिएपछि केही खेलाडीले ५० प्रतिशत पारिश्रमिक पाएको अवस्था छ । मैले अहिलेसम्म एक रुपैयाँ पाएको छैन । यतिसम्मकी खेलको दौरानमा खेलाडीलाई उपचार गराएको बिलको भरपाइ समेत पाएन । क्यानसँग सम्झौता गर्दा छिटो दिने भने पनि मैले कति र कहिले दिने हो अहिलेसम्म खोज गरिएको छैन,’ उहाँले लेख्नुभएको छ, ‘म एउटा श्रमिक हो र पारिश्रमिक पाउने मेरो अधिकार हो । यो अधिकारबाट मलाई वञ्चित गराउनु भनेको न्याय र कानुनसंगत होइन । आशा छ यो पोष्ट हजुरसम्म पुग्नेछ र मेरो पारिश्रमिक मलाई मिल्ने छ ।’
नेपाल क्रिकेट संघको आयोजना र सेभन स्पोर्टससँगको व्यवस्थापनमा नेपाल टी-२० लिग गत पुसमा सम्पन्न भएको थियो । फिक्सिङ, पारिश्रमिक, मालिकको पहिचानै नखुल्नेलगायत विभिन्न कारणले उक्त लिग विवादित बनेको थियो ।

उहाँले पोखरा प्रिमियर लिगमा समेत काम गर्दा पुरस्कार नपाएको बताएका छन् । पिपिएल २०१८ र २०१९ मा गरि दुई संस्करण सम्पन्न भएको थियो । ‘केही वर्ष पहिला भएको पिपिएलमा पनि आंशिक पारिश्रमिक र सामानको पैसा पाएको थिएन । उक्त खेलका टिम म्यानेजरदेखि मालिकसम्म गुहारे र थाके । कसैसँग पारिश्रमिक नपाएको गुनासो गर्दा यहाँ यस्तै नै हो भनेर जवाफ पाइरन्थे’, उहाँले सामाजिक सञ्जालमा दुःख पोख्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?